२०८१ कार्तिक ५, सोमवार , १२:२५:३३ बजे

Sajhamanch
'

मेची पुलबाट ब्राउनसुगर सहित मैनाली पक्राउ

सोमवार, कार्तिक ५, २०८१

झापा । पूर्वी नाका काँकडभिट्टा-भारतबाट सिटी सफारी चढेर आउँदै गरेका काभ्रेपलाञ्चोकका २६ वर्षिय होमकुमार मैनाली ब्राउनसुगर सहित पक्राउ परेका छन् ।

शनिबार राति उनलाई लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेची पुलबाट पक्राउ गरेको हो ।

उनको साथमा मलद्वारमा लुकाएर ल्याएको १३ ग्राम लागूऔषध फेला परेको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताएका छन्। उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखिएको छ ।

सम्बन्धित खबर