२०८१ कार्तिक ५, सोमवार , ११:२१:५९ बजे

Sajhamanch
'

सुनको भाउमा लगातार कीर्तिमान, तोलाको १ लाख ६५ हजार ६०० रुपैयाँ पुग्यो

सोमवार, कार्तिक ५, २०८१

काठमाडौं । सुनको भाउले फेरि अर्को कीर्तिमान बनाएको छ ।

हिजो तोलाको १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ६०० रुपैयाँले बढेर तोलाको १ लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको २ हजार ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो एकैदिन चाँदीको भाउ ९५ रुपैयाँले बढेको थियो ।

मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भू–राजनीतिक अनिश्चितताका कारण व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिका रूपमा कारोबार गर्दा मागमा आएको वृद्धिले भाउ बढेको हो ।

सोमवार, कार्तिक ५, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर