२०८१ कार्तिक २, शुक्रवार , ०१:१०:४८ बजे

Sajhamanch
'

एक हजार दरका ४७ वटा नक्कली नोटसहित वीरगञ्जबाट भारतीय नागरिक पक्राउ

शुक्रवार, कार्तिक २, २०८१

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिका-१४ गण्डक चेक पोष्टबाट एक हजार दरका ४७ थान नक्कली नोटसहित भारतीय नागरिक पक्राउ परेका छन् ।

भारतको विहार राज्य मोतीहारी ग्राम पञ्चायत रामगढवा नन्दपुर-४ बस्ने २० वर्षीय कृष्णकुमार महतोलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले वीरगञ्जबाट हेटौंडातर्फ जाँदै गरेको बा प्र ०३-००१ ख २१४७ नम्बरको मिनी बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शुक्रवार, कार्तिक २, २०८१ | अपराध, समाज

सम्बन्धित खबर