२०८१ पौष २७, शनिवार , ०९:४१:१२ बजे

Sajhamanch
'

बिर्तामोडको कपास उद्योगमा आगलागी, करिब ४० लाखको क्षति

शुक्रवार, कार्तिक २, २०८१

झापा । बिर्तामोडको कपास फ्याक्ट्रीमा आगलागी भएको छ ।

आज बिहान ८ः३० बजे बिर्तामोड– १ स्थित वरपीपल चोकमा नेक मोहम्मदले सञ्चालन गरेको कपडाबाट रुवा बनाउने इरतान कपास फ्याक्ट्रीमा अचानक विद्युत् सर्ट भई आगलागी भएको हो । आगलागीबाट टिनले छाएको भुइँतले कपासको गोदामसहित फ्याक्ट्रीको टहरा पूर्ण रुपले जलेर नष्ट भएको छ ।

बिर्तामोड, मेचीनगर , भद्रपुर नगरपालिकाको वारुण यन्त्र, नेपाल प्रहरी , सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा बिहान ९ः४० बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ । आगलागीबाट कपास बनाउने मेसिनसहित अन्दाजी ४० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।

शुक्रवार, कार्तिक २, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर