२०८१ कार्तिक २, शुक्रवार , १०:१५:४१ बजे

Sajhamanch
'

बिर्तामोड–भद्रपुर सडकमा पिकअप भ्यानको ठक्करबाट भारतीय नागरिकको मृत्यु

शुक्रवार, कार्तिक २, २०८१

झापा । बिर्तामोड–भद्रपुर सडक खण्डको बिर्ताबजारमा छोटा हात्ती पिकअप भ्यानको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ ।

बिहीबार साँझ साढे ६ बजे बिर्तामोड– ३ बिर्ताबजारस्थित बिर्तामोड–भद्रपुर सडक खण्डमा बनियानीबाट बिर्ताबजारतर्फ आउँदै गरेको मे १ च ५९३० नम्बरको छोटा हात्ती गाडीले पैदल यात्री भारत बहादुरगञ्ज घर भई हाल बिर्तामोड –३ सैनिकमोडमा डेरा गरी बस्ने अन्दाजी ६५ वर्षीय आसारुलाल पानवारीलाई ठक्कर दिएको थियो ।

टाउकोमा चोट लागेर बिर्ता सिटी अस्पतालमा बिर्तामोडमा उपचार भइरहेका पानवारीको आज बिहान २ बजे मृत्यु भएको हो । ठक्कर दिने छोटा हात्ती र चालक कनकाई –८ बस्ने ४६ वर्षीय मानबहादुर भुजेललाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शुक्रवार, कार्तिक २, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर