२०८१ कार्तिक २, शुक्रवार , ०७:४९:२० बजे

Sajhamanch
'

‘छक्कापञ्जा ५’को कमाइ १० करोड नाघ्यो

बिहिवार, कार्तिक १, २०८१

काठमाडौं । घरेलु बक्स अफिसमा ‘छक्कापञ्जा ५’को उछाल कमाइको गति रोकिने छाँटकाँट छैन । प्रदर्शनको छैटौं दिन मंगलबारसम्म फिल्मले एक महत्वपूर्ण अंकगणितिय उपलब्धि हासिल गरेको छ ।

फिल्मले ६ दिनसम्म न्यूनतम १० करोड ग्रसको कमाइ गरेको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका अनुसार फिल्मले यो अवधिमा १० करोड ५० लाख ग्रस हाराहारीमा कमाइ गरेको हो ।फिल्मले प्रदर्शनको छैटौं दिन मंगलबार मात्रै डेढकरोड कमाएको छ । सातौं दिन बुधबार सोही हाराहारीमा कमाइ हुने प्रक्षेपण वितरक मनोज राठीले गरे ।

उनकोे यो प्रक्षेपणको आधारमा फिल्मको पहिलो साताको कमाइ १२ करोड हाराहारीमा हुने देखिन्छ । ‘पहिलो साताको कमाइ १२ करोड भित्र समेटिने हाम्रो अनुमान हो’ राठीले भने ।१० करोड क्लब आफैमा महत्वपूर्ण बक्सअफिस उपलब्धि हो । दीपाश्री निरौला निर्देशित यो फिल्म विहिबारदेखि मध्यपूर्व, मलेसिया र माल्दिभ्समा पनि रिलिज हुँदैछ ।‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ले भने आधिकारिकरुपमा बक्सअफिस कलेक्सनको रिपोर्ट सार्वजनिक गरिसकेका छैनन् ।

सम्बन्धित खबर