काठमाडौं । जापान पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा घर भएर काठमाडौँ बस्ने २८ वर्षीय पारस कार्की छन् ।
उनले जापान पठाउँछु भनेर दुई जनासँग २ लाख २५ हजार रकम असुलेर सम्पर्क विहीन भएका हुन् । आरोपीलाई शंखमुलबाट पक्राउ गरेर कानुनी कारबाहीका लागी वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले रातोपाटीलाई बताए ।