२०८१ असोज ३०, बुधवार , ०५:३४:४१ बजे

Sajhamanch
'

सशस्त्र प्रहरीद्वारा ब्राउन सुगरसहित दुई जना मेची पुलमा पक्राउ

मङ्गलवार, असोज २२, २०८१

झापा । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट दुई जनालाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको छ ।

मलद्वारमा लुकाएर ब्राउनसुगर ल्याउँदै गरेका उनीहरुलाई सोमबार साँझ तालिम प्राप्त कुकुरसहितको सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–९ का २८ वर्षीय श्यामबहादुर लोप्चन र झापा बुद्धशान्ति गाउँपालिका–३ का २३ वर्षीय रोजन राजवंशी रहेको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेड क्वाटर झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक महेशराज बिष्टले जानकारी दिए ।

मेचीनगर–६ मेचीपुलमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट तालिमप्राप्त कुकुरसहित टोली र लागुऔषध अनुसन्धान ब्यूरो काँकडभिट्टाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका लेप्चनसँग ३५ ग्राम ब्राउनसुगर बरामद गरेको थियो । उनले मलद्वारमा लुकाई ब्राउनसुगर ल्याएका हुन् ।

त्यसैगरी, सोही टोलीले मलद्वारमा लुकाएर एक ग्राम ५६० मिलिग्राम ब्राउनसुगर ल्याउँदै गरेको अवस्थामा बुद्धशान्तिका राजवंशीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा बुझाइएको प्रनाउ विष्टले जानकारी दिए ।

सीमा क्षेत्रमा तालिमप्राप्त कुकुर परिचालन गरिएसँगै लागुऔषधसहित धमाधम मानिस पक्राउ पर्न थालेका छन् ।

पछिल्लो लागुऔषध प्रयोगकर्ता र कारोबारीले विभिन्न उपाय अपनाएर लागुऔषध भित्र्याउने गरेका छन् । शरीरको विभिन्न अंग, चामल–तरकारीका झोला, मोटरसाइकलको हेल्मेट, ट्यांकी, लुकिङ ग्लास, साइकलको घण्टी, टोपी लगायतका स्थानमा लुएकार लागुऔष भित्र्याउने गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर