२०८१ माघ १३, आइतवार , ०५:४३:५४ बजे

Sajhamanch
'

अभ्यास खेलमा नेपालको जित

आइतवार, असोज २०, २०८१

काठमाडौं । नेपालले दोस्रो अभ्यास खेलमा क्यानडाको दोस्रो रोजाइको हाइप्रोफमेन्स (एचपी)लाई २० रनले हराएको छ । योसँगै तीन खेलको क्रिकेट सिरिज १-१ को बराबरी अवस्थामा पुगेको छ । पहिलो अभ्यास खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो ।

१७७ रनको लक्ष्य पछ्याएको एचपी ४५.३ ओभरमा १५६ रनमा अल आउट भयो । ओलिभर कक्सले ७८ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३९, मुनिर अहमद काका ३६, अली नदिम २०, युवराज शर्मा २३ र विकेटकिपर निकोलस मनोहरले १९ रन बनाए ।नेपालका गुल्सन झा र ललित राजवंशीले २.२ विकेट लिए । दीपेन्द्रसिंह ऐरी, रिजन ढकाल र कुशल मल्लले १.१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४६.१ ओभरमा १७६ रनमा अल आउट भयो । नेपालका कार्यवहाक कप्तान सोमपाल कामीले ३३ बलमा २ चौकासहित सर्वाधिक ३१ रन बनाए ।अर्जुन साउद ७, अनिल कुमार साह २५, देव खनाल १५, भीम सार्की १६, आरिफ शेख १८, दीपेन्द्रसिंह ऐरी २७, कुशल भुर्तेल डक, गुल्सन झा ६ रनमा आउट भए ।एचपीका निशान्त भर्गव, सुखिन्दर सिंह, शाहिद आमाद्जाई, इफरान सादतले २-२ विकेट लिए । तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।

सम्बन्धित खबर