कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ मा रहेको उद्यमशील महिला जागरण केन्द्रको छैटौं साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाको अवसरमा संस्थापकका साथै विभिन्न सिप सिकेर उकृष्ट व्यवसाय सञ्चालन गर्ने महिलाहरु तथा संस्थाको विकासको लागि महत्वपूर्ण योगदान गर्ने ९ जनालाई सम्मान गरेको थियो ।
सम्मानित हुनेहरुमा मिथिला श्रेष्ठ, गोमा तिवारी, गौरी राई, सुशिला अधिकारी, सिता शेर्पा राई, मेनुका सापकोटा, सुशिला तिरुवा र कल्पना राई हुन् ।
संस्थाका अध्यक्ष शान्ता दाहाल उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, वडाध्यक्ष अग्निप्रसाद कोइराला, पूर्णिमा देवान, कल्पना राई लगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन सस्थाका सदस्य झुमा सेडाईले गरेकी थिइन् ।