२०८१ कार्तिक २, शुक्रवार , ०७:२४:४० बजे

Sajhamanch
'

दसैँमा घर जान लागेका यात्रुलाई ठगेको आरोपमा ६ जना चालक र सहचालक पक्राउ

शुक्रवार, असोज १८, २०८१

काठमाडौं । चाडपर्वमा निर्धारित भाडा दर भन्दा धेरै भाडा असुलेको आरोपमा प्रहरीले ६ जनालाई काठमाडौँबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा, गोरखा र लमजुङतर्फ जाने हायस माइक्रोका चालक र सहचालक छन् । दसैँमा घर फर्किनुपर्ने यात्रुको बाध्यतालाई ‘मौका’ मानेर उनीहरुले १५०० सम्म धेरै भाडा असुलेको आरोप छ ।

पक्राउ ग.१ ख ४४९९ नम्बरको माइक्रोबसका चालक डम्बर आलेमगर, सहचालक आयुष तामाङ, बा.४ ख. १११३ नम्बरको माइक्रोका चालक राजु बिक, बा.२ ख ८२८७ नम्बरको माइक्रो बसका सहचालक मिलन बिक छन् ।

तनहुँको खैरेनी जाँदै गरेको बा.५ख १०७६ नम्बरको चालक दीपकबहादुर नेपाली र पोखरा जाँदै गरेको बा.३ ख ६१६५ नम्बरको हायसका चालक प्रकाश मगरलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुले १ हजारदेखि १५०० सम्म धेरै भाडा असुलेको प्रहरीले जनाएको छ ।

शुक्रवार, असोज १८, २०८१ | अपराध, समाज

सम्बन्धित खबर