२०८१ पौष ५, शुक्रवार , ०१:१४:२८ बजे

Sajhamanch
'

धुलाबारीका समाजसेवी खड्का दम्पत्ती कालिस्थानमा सम्मानित

शुक्रवार, असोज १८, २०८१

अर्जुनधारा । श्री भद्रकाली कीर्तन मण्डली अर्जुनधारा ९ र १० ले मासिक सत्सङ्ग एवं सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

घटस्थापनाको अवसर पारेर कालिकापीठ कालीस्थानमा एक समारोह आयोजना गर्दै मासिक सत्सङ्ग एवं सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै कालिका संस्कृत विद्यापीठका प्राचार्य आचार्य रघुनाथ रिजालले भगवानको नाम संकीर्तनले कलियुगमा सिद्धी प्राप्त हुने बताए । सत्य, त्रेता, द्वापर युगमा ध्यान, योग, यज्ञमार्फत गरिने पूजा-उपासनाबाट सिद्ध एवं योगी र तपस्वी पुरुषहरुले प्राप्त गरेको सिद्धी कलियुगमा भगवानको नाम संकीर्तनबाट प्राप्त हुने कुरा विभिन्न धर्मशास्त्रहरुको उल्लेख रहेको प्राचार्य रिजालले प्रष्ट पारेका थिए ।

विभिन्न ८ वटा कीर्तन समूह आबद्ध रहेको ॐकार कीर्तन मण्डलीको संयोजन र आबद्ध कीर्तन मण्डलीहरुको आयोजनामा हुने मासिक सत्सङ्ग कार्यक्रमका बीच भद्रकाली कीर्तन मण्डलीलाई सहयोग पुर्याउने झापा धुलाबारी निवासी समाजसेवी कल्याण खड्का र पवित्रा खड्कालाई दोसल्ला ओढाएर सम्मान पनि गरिएको थियो ।

विष्णुमाया कडरियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि इन्दू पूर्वेली, विभिन्न कीर्तन मण्डलीका अध्यक्ष एवं प्रतिनिधिहरुले शुभकामना मन्तब्य एवं भगवानको नाम संकीर्तन गरेका थिए ।

रेणु बस्नेतले शाब्दिक स्वागत गरेको कार्यक्रमको सञ्चालन राजु पौडेलले गरेका थिए ।

सम्बन्धित खबर