२०८१ असोज ३०, बुधवार , ०८:४१:२४ बजे

Sajhamanch
'

हकदावी सम्बन्धी एनएमसी काँकरभिट्टा कार्यालयको १५ दिने सार्वजनिक सूचना

शुक्रवार, असोज १८, २०८१

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP

प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०८१/०६/१८

जिल्ला झापा मेचीनगर–६ बस्ने स्व. भवानीशंकर शर्मा (सदस्य नं. २७९६) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८१ साल साउन ३० गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर–६ बस्ने निजका श्रीमती कुमारी शर्माले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८१ साल असोज १६ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउन हुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

– एनएमसी काँकरभिट्टा कार्यालय

शुक्रवार, असोज १८, २०८१ | विज्ञापन

सम्बन्धित खबर