धनगढी । कैलालीमा किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
जानकी गाउँपालिका-२ बस्ने १६ वर्षीया किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले जबरजस्तीकरणी गरेको उजुरीका आधारमा १६ वर्षीय किशोर र ७१ वर्षीय गजबहादुर दर्लामी मगरलाई पक्राउ गरिएको बताए ।
उनका अनुसार किशोरीमाथि किशोरले भदो तेस्रो हप्ता आफ्नै घरमा बोलाएर जबरजस्तीकरणी गरेको आरोप छ भने दर्लामीमगरले पनि भदौ चौथो हप्ता छिमेकीको घरमा बोलाएर करणी गरेको आरोप लागेको छ।
दुवै जनालाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।