२०८२ जेठ ८, बुधवार , ०३:५१:५९ बजे

Sajhamanch
'

पूर्व राजा शाहले विजया दशमीका दिन निर्मल निवासमा शुभेच्छुकलाई टीका लगाइदिने

शुक्रवार, असोज १८, २०८१

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले विजया दशमीका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।संवाद सचिवालयले दिएको जानकारी अनुसार पूर्व राजा शाह र पूर्वा रानी कोमल शाहले विजय दशमीका दिन अपराह्न ४ बजे शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाउनेछन् ।पूर्व राजा शाह हाल भुटान भ्रमणमा रहेका छन् । उनी आइतबार स्वदेश फर्किने कार्यतालिका रहेको छ ।