२०८१ पौष २१, आइतवार , ०२:००:०४ बजे

Sajhamanch
'

झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा गिरीको मृत्यु

बिहिवार, असोज १७, २०८१

झापा । झापाको गौरीगंज गाउँपालिका-३ का ३६ वर्षीय रामकुमार गिरीको करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको छ ।

असोज १५ गते घर नजिकै रहेको भान्द्रा खोलामा माछा मार्न पानी तान्ने मोटरको तार खोलेर खोलामा लगाउँदा करेन्ट लागेर घाइते भएका गिरीलाई उपचारको लागी लाईफ लाइन अस्पताल दमक लैजाने क्रममा बाटैमा नै मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको छ ।

बिहिवार, असोज १७, २०८१ | जिल्ला समाचार, समाज