२०८१ पौष २१, आइतवार , ०२:४०:३७ बजे

Sajhamanch
'

वर्षाले झापामा ५ करोड २१ लाख बढीको क्षति

बिहिवार, असोज १७, २०८१

झापा । अविरल वर्षाका कारण झापाको कृषि क्षेत्रमा रु. ५ करोड २१ लाखभन्दा बढीको क्षति भएको छ । वर्षाले जिल्लाका विभिन्न स्थानमा लगाइएको अन्नबाली नष्ट हुँदा रु. ५ करोड २१ लाख ५१ हजार ९०० बराबरको क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

झापा गाउँपालिका ४० दशमलव ५ हेक्टरमा लगाएको धानबाली नष्ट हुँदा रु. ४८ लाख, गौरीगञ्ज गाउँपालिका १०० हेक्टरमा लगाइएको धानबालीमा क्षति हुँदा रु. १ करोड ७७ लाख ९२ हजार ३००, भद्रपुरमा धानबाली र सागसब्जीमा क्षति पुग्दा रु. १९ लाख २६ हजार, गौरादहमा धानबाली र बाली गरेर रु. १ करोड ६० हजार र मेचीनगर नगरपालिकामा धान र सागसब्जीमा गरी रु. १ करोड ७५ लाख ७३ हजार ६०० बराबरको क्षति भएको छ ।

“हालसम्म पाँचवटा पालिकाको क्षति विवरण प्राप्त भएको छ”, उनले भने, “विवरण सङ्कलन जारी छ” केन्द्रका प्रमुख सागर विष्टले भने ।

सम्बन्धित खबर