स्पेनमा बस्ने अर्नेस्टो नामक व्यक्तिले कम्पनी नै खोलेर ब्रेकअप सेवा प्रदान गर्दै आएका छन् ।कुनै जोडीलाई आफ्नो विवाह तोड्न वा ब्रेकअप गर्न आवश्यक परेमा अर्नेस्टोसँग सम्पर्क गर्दछन् । उनले एकजना पेशेवरको रूपमा सम्बन्ध विच्छेद गराउने वा ब्रेकअप गराउने काम गर्दछन् ।
उनले अत्यन्तै व्यवसायिक कौशलका साथ काम गर्दछन् । आफ्नो ग्राहकको भुपु मायालु वा जोडीसँग भेटेर उनले आफु नै उसको साँचो प्रेमी भएको दाबी गर्दछन् ।कहिलेकाहीँ तथा बिहे समारोहमै पुगेर उनले आफ्नो उक्त ग्राहकसँग पहिलेदेखि नै प्रेम सम्बन्ध रहेको दाबी गरिदिन्छन् ।
उनले यति कुशलतापूर्वक यस्तो झुट बोल्दछन् कि उनीमाथि कसैले झुटो बोलेको शंका नै गर्न सक्दैन । जसले गर्दा त्यस्तो वैवाहिक वा प्रेम सम्बन्ध कुनै विवाद विनै टुंगिन्छ ।
कति लिन्छन् शुल्क ?
अर्नेस्टोले यस कामका लागि सेवाग्राहीसँग चर्कै शुल्क लिन्छन् र आफ्नो कामको पूरै ग्यारेन्टी दिन्छन् । उनको काम नै ढुक्कसँग विवाह तोड्ने वा ब्रेकअप गराउने हो ।उनलाई सेवाग्राहीले केवल पैसा दिनुपर्छ । त्यसपछि सेवाग्राही यस कुरामा निश्चिन्त हुन सक्छन् कि जससँग उनको विवाह हुन लागेको छ, त्यो विवाह तुरुन्तै तोडिनेछ ।
आफ्नो अनौठो जागिरका कारण अर्नेस्टो निकै चर्चामा छन् । उनले आफैंले एक भिडियो मार्फत आफ्नो कामको बारेमा जानकारी दिएका छन् । उनको आधारभूत शुल्क ५ सय ५० डलर अर्थात् करीब ७५ हजार रुपैयाँ रहेको छ ।
आफ्नो कामबारे बताउँदै उनी भन्छन्- ग्राहकले केवल स्थान, समय र मिति बताउनुपर्छ । त्यसपछिका सबै बाँकी काम कसरी सम्पन्न गर्ने भन्ने जिम्मा म माथि छोड्नुपर्छ।बिहेको याममा ब्रेकअप सेवाका लागि उनलाई यतिधेरै अनुरोधहरू आउँछन् कि उनले ओभरटाइम काम गर्नुपर्छ ।एजेन्सी