भद्रपुर । बडादशैंको अवसर पारेर भद्रपुर ७ चन्द्रगढीमा शाकाहारी खाद्य परिकारसहित हिमालय फुडल्याण्ड सञ्चालनमा ल्याइएको छ ।
चन्द्रगढीमा पहिलोपटक फरक शैली र स्वाद लिएर सञ्चालनमा आएको फुडल्याण्डले जन्मोत्सव प्याकेजलाई विशेष प्राथमिकतामा राखेको छ ।
भद्रपुर ९ निवासी दीक्षा खनाल खतिवडाले २५ लाख रुपैयाँ लगानी गरेर सञ्चालनमा ल्याएको फुडल्याण्डमा जन्मदिन मनाउन आउने व्यक्तिका लागि १ हजार ९९९ रुपैयाँमा केक, पिज्जा, बर्गर, बबल टी, फ्रेन्च फ्राई, पकौडा, मम, चाउमिन, एक बोतल कोक र पानीसहितको प्याकेज राखिएको सञ्चालकले जानकारी दिएका छन् ।
उनका अनुसार झापा सदरमुकाम चन्द्रगढी क्षेत्रमा शाकाहारी खाद्य परिकार मात्र उत्पादान गरेर सेवा दिने फुडल्याण्ड नरहेकै कारण सुविधा सम्पन्न ३ वटा एसी रुमसहितका क्याविन तथा दुईवटा समान्य क्याविनबाट सेवा प्रवाह गरिने छ ।
कफी तथा पिज्जाका लागि अन्यत्रभन्दा फरक र उत्कृष्ट स्वादसहित सेवा दिने जनाउँदै सञ्चालक खतिवडाले शुद्ध शाकाहारी खानाका लागि प्रमुख गन्तव्य स्थल बनाउने उद्देश्य रहेको बताइन् ।