काठमाडौं । प्रवेशाज्ञा अवधि बितेपछि पनि स्वदेश नफर्केका १५ जना बङ्गलादेशी नागरिक पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रवेशाज्ञाको अवधि समाप्त भएपछि पनि स्वदेश नफर्केका १५ जना बङ्गलादेशका नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यका अनुसार विभिन्न मितिमा नेपाल प्रवेश गरी गैरकानूनी ढङ्गले बसोबास गर्नुका साथै शङ्कास्पद गतिविधिमा संलग्न रहेको भन्ने सूचनाका आधारमा काठमाडौं महानगरपालिका–२६ ठमेल तथा सोह्रखुट्टे क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेका सबैलाई अध्यागमन विभाग पठाइएको छ ।