२०८१ पौष २६, शुक्रवार , १०:१२:५२ बजे

Sajhamanch
'

बिर्तामोडमा क्युआर भुक्तानीमार्फत ठग्दै दिपक कालिकोटे

बुधवार, असोज १६, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा विगत केही सातायता एकजना युवाले विद्युतीय बैंकिङ कारोबारका नाममा ठगिरहेको भए पनि प्रहरीले केही गर्न सकेको छैन ।

घटनाबारे बिर्तामोड प्रहरीलाई जानकारी गराउँदा समेत प्रहरीले बेवास्था गरेको ठगिएका व्यवसायीहरुले गुनासो गरेका छन् । ती युवाले आफ्नो मोबाइल नम्बर (९७०८३६२३०९) उपलब्ध गरउँदै ठग्दै आएको व्यवसायीहरुले बताएका छन् ।

व्यवसायीहरुसँग सामान लिने, नगद पनि मागेर क्युआर गरिदिन्छु भन्दै झुक्याएर हिँड्ने युवाले भारतीय नम्बरबाट ह्वाट्स एपमा कुराकानी गर्ने गरेको खुलेको छ ।

भारतीय नम्बर +९१९९३९६६९६२२ मा कुराकानी गर्दा दिपक कालिकोटे नाम देखिन्छ । कतिपय व्यवसायीहरुले आफू ठगिएको थाहा पाएपछि उनको बारेमा खोजी गर्दा बिर्तामोड ३ निवासी भएको बताएका छन् ।

सामान खरिद गर्न कालिकोटेले भर्खरै वैदेशिक रोजगारीबाट आएको, ढुवानी व्यवसायी, सप्लायर्स सञ्चालक, निजी कम्पनीमा कार्यरत रहेको परिचय दिने गरेका छन् ।

धेरै ठाउँमा चिनिरहेको जस्तै गरेर प्रस्तुत हुने कालिकोटेले महिनौँ दिनदेखि बिर्तामोडमा यस प्रकारको ठगी गरिरहेको व्यवसायीहरुले बताएका छन् ।

सम्बन्धित खबर