
झापा । किस्नी खोलाले बगाएर बेपत्ता झापा गौरीगञ्ज– २ कोरोबारीका ७५ वर्षीय महेश्वर न्यौपाने मृत फेला परेका छन् । ती वृद्धको शव आज बिहान ७ः३० बजे सोही खोलामा भेटिएको हो ।
हिजो बिहान भैँसी बाँध्न जाँदा उनलाई खोलाले बगाएको थियो । साँझसम्म पनि परिवारको सम्पर्कमा नआएपछि उनलाई खोलाले बगाएको आशङ्का गरी खोजी सुरु गरिएको थियो ।