
झापा । नदीमा डुबेको अवस्थामा झापामा दुई वटा शव फेला परेको छ । दुवै जना पुरुष भएको शवको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मेची नदीमा डुबेको अवस्थामा सोमबार दिउँसो १ बजे एक पुरुषको शव फेला परेको थियो । भद्रपुर नगरपालिका –३ झोलुङ्गे पुलस्थित मेची नदीको बिच भागमा कालो पाइन्ट लगाएको, शरीरको माथिको भागमा कपडा नभएको, बायाँ साइडको भाग पुरिएको, दाहिने साइडको आधा भाग देखिएको, अनुहार पानीमा घोप्टो परेको अवस्थामा बेवारिसे शव फेला परेको प्रहरीले जनाएको छ ।
कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । त्यस्तै शिवसताक्षी नगरपालिका –७ स्थित कनकाई नदीमा आज दिउँसो अन्दाजी साढे ३ बजे पानीको बिच भागमा बेवारिसे शव फेला परेको हो ।
तत्काल नाम, थर, वतन नखुलेको पुरुषको शव घोप्टो परी शरीर सुन्निएर गलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । कानुनी कानुनी प्रक्रिया शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ ।