
बिर्तामोड । झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले वडास्तरीय भेट्रान फुटबल प्रतियोगिता गर्ने भएको छ ।
असोज १६ गतेदेखि हुने प्रतियोगिताको तयारी पूरा भएको नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले जानकारी दिए । प्रतियोगितामा बिर्तामोडका कम्तिमा आठवटा वडाको सहभागिता रहने समितिले जनाएको छ ।
भेट्रानको विजेताले नगद २५ हजार र उपविजेताले नगद १५ हजार, ट्रफी र मेडल प्राप्त गर्ने समिति सदस्य विशाल अग्रवालले बताए ।
समितिले आयोजना गरेको पाँचौँ संस्करणको अन्तरवडा फुटबलसँगै भेट्रान प्रतियोगितामा पनि सैनिक बजारमा रहेको महेन्द्रज्योति माविको खेल मैदानमा हुनेछ ।