२०८१ मंसिर ७, शुक्रवार , ०८:५३:३७ बजे

Sajhamanch
'

अरिदमन गणद्वारा चारआलीद्वारा बाहुनडाँगीमा निःशुल्क स्वास्थ्य शिविर

सोमवार, असोज १४, २०८१

मेचीनगर । अरिदमन गण चारआली ब्यारेकको आयोजनामा आज बाहुनडाँगीमा निःशुल्क स्वास्थ्य शिविर तथा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

औषधी व्यवसायी संघ झापा र मेचीनगर नगरपालिकाको समन्वयमा मेचीनगर–३ बाहुनडाँगीस्थित लिम्बुटारमा सञ्चालित सो स्वास्थ्य शिविरबाट १८४ महिला र ६५ पुरुष गरी २४९ जना लाभान्वित भएका छन् ।

नेपाली सेना तथा जिल्लास्थित विभिन्न अस्पतालहरुमा कार्यरत चिकित्सक तथा दक्ष स्वास्थ्यकर्मीहरुबाट हाडजोर्नी तथा नशा, स्त्री तथा प्रसूती, नाक-कान-घाँटी र साधारण मेडिकल सम्बन्धी रोगका बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको गणपति प्रमुख सेनानी प्राजु बस्न्यातले बताए ।

शिविरमा फिजिसियन डा. सीपी यादव, नाक-कान-घाँटी रोग विशेषज्ञ डा. रणधीर राजवंशी, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. रितेश थपलिया, स्त्री रोग विशेषज्ञ डा. उपासना कोइराला लगायतले स्वास्थ्य जाँच गरेका थिए ।

सो अवसरमा सदरमुकाम तथा शहरी क्षेत्रबाट टाढा रहेका र सुबिधा सम्पन्न अस्पताल एवं स्वास्थ्य सेवाको अभावमा रहेका स्थानीयहरुलाई विभिन्न रोग सम्बन्धी निःशुल्क उपचारका बारेमा जानकारी पनि दिइएको थियो ।

त्यस्तै मनसुनजन्य रोग, हाइजिन एण्ड सेनिटाइजेसन लगायत सर्पदंश सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको शिविर लाभदायक र प्रभावकारी रहेको गणपति बस्न्यातले जानकारी दिए ।