
काठमाडौं । सुनको भाउ आज घटेको छ । आज सुनको भाउ १०० रुपौयाँले घटेर तोलाको १ लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको १ लाख ६० हजार ६०० रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज ५ रुपैयाँ घटेर तोलाको १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।