२०८२ साउन ६, मङ्गलवार , ०१:०५:११ बजे

Sajhamanch
'

कोशी ब्यारेजबाट आवतजावत खुला

सोमवार, असोज १४, २०८१

सप्तरी ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजको पुलमा हिजो बेलुकीदेखि यातायात सञ्चालनमा आएको छ । कोशी नदीमा पानीको प्रवाह घटेपछि यातायात र पैदलयात्रीलाई आउजाउ गर्न दिने निर्णय भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले जानकारी दिए । कोशी पुलमा बाढी आएर थुपारिएको लेदो, प्लास्टिकजन्य पदार्थ, दाउरासहितका फोहर सफा गरिएकाले यातायात सञ्चालन गर्न सहज भएको बताए ।कोशीमा पानीको प्रवाह अत्यधिक भएर पुलमाथिबाटै बग्न थालेपछि अस्ति शनिवार दिउँसोदेखि पुल भएर आउजाउमा रोक लगाइएको थियो । हिजो बिहानदेखि कोशीमा पानीको बहाव निरन्तर कम हुँदै गएपछि आवतजावत खुला गरिएको हो ।

पूर्वी–पहाडी तथा मधेससहित तराईका जिल्लामा दुई दिनदेखि परेको लगातार वर्षाका कारण शनिवार ५६ वर्षकै इतिहासमा सबैभन्दा बढी कोशी नदीमा छ लाख ६१ हजार क्युसेक पानीको प्रवाह पुगेको थियो ।

सम्बन्धित खबर