काठमाडौं। एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) आजदेखि सुरु हुँदैछ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सोमबारदेखि नेपालको पहिलो फ्रेन्चाइ लिग भलिबल सुरु हुन लागेको हो। इन्फिनिटी ड्रिम्सद्वारा आइतबार आयोजितपत्रकार सम्मेलनमा बहुप्रतीक्षित इडब्लुभिएलको तयारी पूरा भएको जानकारी दिएको छ।असोज १९ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा इडब्लुभिएलमा टोली मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, ललितपुर क्विन्स, चितवन शक्ति, गण्डकी थन्डर्स, कर्णाली यस्विसले प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगितामा उच्चस्तरका विदेशी खेलाडीको सहभागिता रहने छ।
काठमाडौँ स्पाइकर्सको मार्की खेलाडी उषा भण्डारीले पहिलो फ्रेन्चाइ प्रतियोगिताको ट्रफी जित्ने चाहना रहेको बताइन्। मधेश युनाइटेड मार्की निरुता ठगुन्नाले तयारी राम्रो भएकाले सबै टोलीमा तीन जना विदेशी खेलाडी भएकाले हरेक खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने धारणा राखिन्। हरेक वर्ष फ्रेन्चाइ लिग हुने अपेक्षा राखेकी निरुताले यो लिग आफ्नो खेल देखाउने एउटा राम्रो मञ्च मात्र होइन, आर्थिक रूपमा पनि सबल पार्ने प्रतियोगिता हो भन्ने धारणा राखिन्।ललितपुर क्विन्सकी मार्की सलिना श्रेष्ठले उपाधि जित्छु भन्ने लक्ष्यसहित तयारी गरेको जानकारी दिइन्। यस लिगका लागि हरेक टोलीमा १२ खेलाडी छन् । हरेक टिमले एक मार्की खेलाडीसहित ड्राफ्टबाट आठ÷आठ खेलाडी अनुबन्ध गरेका छन् । एक खेलाडी ट्यालेन्ट हन्टबाट लिएका छन् । तीन विदेशी खेलाडी कोर्टमा उत्रन पाउने छन्।
यद्यपि गण्डकी थन्डर्सले चार विदेशी खेलाडी अनुबन्ध गरेको छ । गण्डकी थन्डर्सकी मार्की खेलाडी सरस्वती चौधरीले तयारीका लागि धेरै समय नपाएका कारण सुरुका एक÷दुई खेल कठिन हुने बताइन्। उनका अनुसार विदेशबाट आएका खेलाडीसँग प्रशिक्षण गर्न नपाएकाले टिम सेट भएको छैन । टिम सेट भएपछि आफ्नो टिमले राम्रो गर्ने सरस्वतीको विश्वास छ।
कर्णाली यस्विसकी मार्की सुमित्रा रेग्मीले अब पालो महिलाको भन्ने नारासाथ सुरु हुने लिगमा सबै उत्साहित रहेकाले सबैलाई शुभकामना व्यक्त गरिन् ।सहभागी सबै टिमले अन्तर्राष्ट्रिय अनुभवप्राप्त विदेशी खेलाडीलाई भिœयाएकाले पनि यसपालिको इडब्लुभिएल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । आयोजक इन्फिनिटी ड्रिम्सले सार्वजनिक गरेको खेलतालिका अनुसार असोज १४ मा उद्घाटन खेलमा काठमाडौँ स्पाइकर्सले ललितपुर क्विन्सविरुद्ध खेल्ने
छ। आजैै मधेश युनाइटेडविरुद्ध कर्णाली यस्भिस तथा चितवन शक्तिविरुद्ध गण्डकी थन्डर्सबिच पनि खेल हुने छ।