
काठमाडौं । अस्ति शुक्रवार कीर्तिमान कायम गरेको सुनको भाउ आज घटेको छ । आज सुनको भाउ छ सय रुपैयाँले घटेर तोलाको १ लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ ।
अस्ति शुक्रवार अहिलेसम्मकै महङ्गो तोलाको १ लाख ६१ हजार २०० रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज १० रुपैयाँ घटेर तोलाको १ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।