२०८१ पौष २५, बिहिवार , ०१:३१:४७ बजे

Sajhamanch
'

गणपति बेकरीले चन्द्रगढीबाट पिज्जा, केक र कफी सेवा दिने

शनिवार, असोज १२, २०८१

भद्रपुर । भद्रपुर ८ स्थित चन्द्रगढी विमानस्थल अगाडि गणपति बेकरीले पिज्जा, केक लगायत बेकरीजन्य उत्पादनसहित क्याफे सञ्चालनमा ल्याएको छ ।

विमानस्थलबाट आवागन गर्ने पर्यटकलाई लक्षित गरेर बेकरीसहित क्याफे सञ्चालनमा ल्याइएको हो । गणपति बेकरीको तेस्रो शाखाका रूपमा सञ्चालनमा ल्याइएको चन्द्रगढी शाखाले नेफोलिटाना पिज्जा, कफी, बर्थ डे केक आफैं उत्पादन गरेर ग्राहकको माग पूरा गर्ने सञ्चालक कृपा ढकालले जानकारी दिइन् ।

गणपति बेकरीका हेडक्वाटर प्रमुख राजु ढकालका अनुसार गणपतिको बिर्तामोडमा मुख्य उत्पादन कार्यालय छ भने काँकरभिट्टा र चन्द्रगढीमा फे्रन्जाइममा लगिएकोले गुणस्तर मापदण्डको पालना गर्ने गरी शाखा स्वामित्व दिइएको हो ।

करिब ६० लाख रुपैयाँको लगानीमा कृपा ढकाल र रियाज ढकालद्वारा सञ्चालित गणपति चन्द्रगढीबाट गुणस्तरीय उत्पादनमा जोड दिइने र केकका लागि होम डेलीभरीको समेत व्यवस्था रहेको जानकारी दिइएको छ ।

सम्बन्धित खबर