२०८२ जेठ ८, बुधवार , ०१:४०:२८ बजे

Sajhamanch
'

कुलेखानी ड्याम भरियो, एउटा ढोका खोलियो

शनिवार, असोज १२, २०८१

काठमाडौं । कुलेखानी जलशयमा जलसतह भरिएको छ । शनिबार बिहान करिब ५ बजे कुलेखानी जलाशय ओभर फ्लो भएको हो ।

ओभर फ्लो भएपछि एउटा ढोका खोलिएको आयोजना प्रमुख तारादत्त भट्टले जानकारी दिए । अवस्था हेरेर अर्को ढोका पनि खोल्ने तयारी रहेको उनको भनाइ छ ।कुलेखानी जलविद्युत् केन्द्र नेपाल विद्युत प्राधिकरणको ‘ब्याक अप’ आयोजना हो । पानी परेसँगै विद्युत् उत्पादन समेत भइरहेको भट्टले बताएका छन् ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले शुक्रबार नै बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण कुलेखानेस्थित इन्द्रसरोवर ताल भरिन लागेकाले आसपासका वासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको थियो ।गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै इन्द्रसरोवर गाउँपालिकाका वडा नम्बर २ र ३ का स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन भनेको थियो ।