
झापा । भारी बर्षाका कारण हवाई उडान प्रभावित भएको छ । मौसम खराबीका कारण शुक्रबार भद्रपुर विमानस्थलबाट एउटा पनि उडान हुन सकेको छैन । प्राप्त सूचना अनुसार हाललाई विमानस्थल बन्द गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडानहरु पनि प्रभावित भएको छ । बिहान १०ः४० सम्म भद्रपुरबाट ३ वटा हुनुपर्नेमा मौसमकै प्रतिकुलताका कारण एउटा पनि हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ । यात्रुहरु उडान हुने आशाले बसेका बसिरहेका छन् । हिजो सबैजसो उडान भएको थियो ।
काठमाडौं विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौं बाहिरका भद्रपुर, विराटनगर, सिमरालगायत गन्तव्यको उडान प्रभावित भएका छन् ।