झापा । ओखलढुङ्गामा घरायसी विवादको क्रममा ७२ वर्षीय वृद्ध बुबाले छोरामाथि खुकुरी प्रहार गरेका छन् ।
गएराति ९ बजे ओखलढुङ्गा मोलुङ गाउँपालिका–२ ढुस्के बस्ने अन्दाजी ७२ वर्षीय टेकबहादुर राईले घरायसी विवाद हुँदा आफ्नै छोरा अन्दाजी ४२ वर्षीय भेगराज राईलाई खुकुरी प्रहार गरेका हुन् । छोरा भेगराज गम्भीर घाइते भएका छन् ।
उनलाई सामुदायिक मिसन अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको छ । उनको देब्रे हातको नाडीमा गहिरो चोट लागेको छ भने नाडीको हड्डी र नसा समेत काटिएको छ ।
खुकुरी प्रहार गर्ने बुबा टेकबहादुरलाई खुकुरीसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।