२०८१ कार्तिक २१, बुधवार , १०:१२:५८ बजे

Sajhamanch
'

सुनको भाउ आज पनि बढ्यो, तोलाको १ लाख ६१ हजार २०० रुपैयाँ

शुक्रवार, असोज ११, २०८१

काठमाडौं । केही दिनदेखि निरन्तर बढिरहेको सुनको भाउले आज फेरि नयाँ कीर्तिमान बनाएको छ । आज सुन तोलाको १ लाख ६१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको १ लाख ६० हजार ७०० रुपैयाँ पुगेको थियो । पछिल्ला केही दिन यता सुनको भाउ निरन्तर बढीरहेको छ ।

यस्तै आज चाँदीको भाउमा भने घटबढ भएको छैन । चाँदीको भाउ हिजोजस्तै १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

शुक्रवार, असोज ११, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर