![](https://sajhamanch.com/wp-content/uploads/2024/09/Jamara.png)
दमक । स्वदेशी पूजा सामग्री उत्पादन गर्दै आएको झापाको कमल गाँउपालिका वडा नं. ६ मा रहेको दिब्यदृष्टि भनेरेशन एण्ड एग्रो कन्सर्न प्रालि (पूजा सामग्री उद्योग)ले आसन्न दशैलाई लक्षित गरेर जमराको बिउको प्याकेट बजारमा ल्याएको छ । दिब्यदृष्टिको ब्राण्डमा मकै, गहुँ र जौ मिश्रित जमरा बिउ बजारमा ल्याएको हो ।
पुर्वी नेपालको झापा, मोरङ र सुनसरी जिल्लाका पूजा पसलहरुमा दिब्यदृष्टि ब्राण्डको जमरा बिउ पुर्याइएको पूजा सामग्री उद्योगका सञ्चालक बिष्णुप्रसाद पोखरेलले बताएका छन् । शहर बजार तथा गाँउघरमा समेत मकै, गहुँ र जौ खोज्दै हिड्नु पर्ने अवस्था नआओस भनेर गत वर्षदेखि नै जमरा बीउ र शतबिज समेत प्याकिङ गरेर सो संस्थाले बिक्री गर्दै आएको छ ।
दिब्यदृष्टि पूजा सामग्री उद्योगले दिब्यदृष्टिको ब्राण्डमा जडिबुटीको हवन सामग्री, नवग्रह समिधा, गौ अर्क, सप्तधान्य, बाटेको धुप, दिब्य समिधा, जौको पिठो, बाटेको धुपमा प्रयोग हुने धुप मसला, गंगाजल, सप्तमृतिका, पञ्चरन्त, सर्वोषधि लगायतका एक दर्जनभन्दा बढी पुजा सामग्रीहरु प्रशोधन र उत्पादन गर्दै आएको उद्योगका संचालक बविता तिम्सिनाले बताइन ।