२०८१ कार्तिक २२, बिहिवार , ०६:५४:२० बजे

Sajhamanch
'

सुनको भाउ तोलामा १ लाख ६० हजार रुपैयाँ नाघ्यो

बुधवार, असोज ९, २०८१

काठमाडौं । सुनको भाउ तोलामा १ लाख ६० हजार रुपैयाँ नाघेको छ । भाउ बढेर सुनले आज पनि कीर्तिमान बनाएको छ ।

सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको १ लाख ५९ हजार ७०० रुपैयाँ थियो । हिजोको तुलनामा तोलामा ७०० रुपैयाँले बढेको हो । पछिल्लो केही दिनयता सुनको भाउ निरन्तर बढिरहेको छ ।

आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलामा १ हजार ९१५ रुपैयाँ रहेको थियो ।

बुधवार, असोज ९, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर