२०८१ कार्तिक २२, बिहिवार , ११:३९:२९ बजे

Sajhamanch
'

सुनको भाउमा अर्को कीर्तिमान : तोलाको एक लाख ५९ हजार ७०० रुपैयाँ पुग्यो

मङ्गलवार, असोज ८, २०८१

काठमाडौं । सुनको भाउले आज अर्को कीर्तिमान बनाएको छ । आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको १ लाख ५९ हजार ७०० रुपैयाँ पुगेर नयाँ कीर्तिमान बनाएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको १ लाख ५९ हजार २०० रुपैयाँ थियो । सुनको भाउले पछिल्ला केही दिनदेखि लगातार नयाँ रेर्कड बनाउँदै आएको छ ।

त्यस्तै आज चाँदीको भाउ भने पाँच रुपैयाँले घटेको छ । आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले घटेर १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

हिजो भने चाँदीको भाउमा घटबढ भएको थिएन । हिजो चाँदीको भाउ अस्तिको जस्तै तोलाको १ हजार ९२० रुपैयाँमा नै कायम रहेको थियो ।

मङ्गलवार, असोज ८, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर