२०८१ मंसिर ८, शनिवार , ०७:०२:२९ बजे

Sajhamanch
'

बिर्तामोडमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

मङ्गलवार, असोज ८, २०८१

झापा । झापाको बिर्तामोडमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-६ बुट्टाबारी निवासी अन्दाजी ६२ वर्षीय यामबहादुर लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत बिर्तामोड-६ कुमारी चौकमा गएराति ८ बजे चारआलीबाट बिर्तामोडतर्फ जाँदै गरेको प्र १-०१-०१३ प २८०९ नम्बरको मोटरसाइकलले पैदलयात्री लिम्बुलाई ठक्कर दिएको थियो ।

टाउको र खुट्टामा चोट लागेका उनको बीएण्डसी अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान २ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल र चालक बुद्धशान्ति गाउँपालिका ४ निवासी ३२ वर्षीय विकास लिम्बूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।

मङ्गलवार, असोज ८, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर