२०८१ पौष २५, बिहिवार , ०८:२८:४६ बजे

Sajhamanch
'

सोमबारे फुटबल : आज सैनिकविरुद्ध खोपबाडी र कनकाईविरुद्ध भद्रपुर खेल्दै

मङ्गलवार, असोज ८, २०८१

बिर्तामोड । झापाको बिर्तामोड-२ सोमबारेमा जारी जिल्लास्तरीय ‘सोमबारे फुटबल प्रतियोगिता’ मा आज दुई खेल हुँदैछन् ।

आयोजक योङ स्टार फुटबल क्लबका अध्यक्ष उमेश राईका अनुसार पहिलो खेलमा सैनिक युथ क्लबले न्यु स्टार फुटबल क्लब खोपबाडी बिर्तामोडको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेलमा कनकाई स्पोर्टिङ क्लबले भद्रपुर ट्रेनिङ सेन्टरसँग प्रतिस्पर्धा गर्ने अध्यक्ष राईले जानकारी दिए ।

यसैबीच, हिजो भएको खेलमा राजगढ एफसी र दुधे युथ क्लब विजयी भए । राजगढले आजको पहिलो खेलको विजेतासँग र दुधेले आजको दोस्रो खेलको विजेतासँग असोज १० गते सेमिफाइनल प्रवेशका लागि खेल्नेछन् ।

असोज ९ गतेको पहिलो खेल अर्जुनधारा ५ स्पोर्टिङ क्लबका विरुद्ध जलथल एफसीले खेल्नेछ भने दोस्रो खेल घैलाडुब्बा यसवा क्लब र आयोजक यङ स्टार एफसीबीच हुनेछ ।

बडादसैँको उपलक्ष्यमा भइरहेको फुटबल प्रतियोगितामा झापाका १२ वटा टिमको सहभागिता रहेको क्लबका सचिव माधव खरेलले बताए ।

खेल क्षेत्रको प्रवर्धन र सामाजिक क्षेत्रअन्तर्गत सोमबारे क्षेत्रमा पर्ने करिब १८०० मिटर सडकमा रहेको बिजुली पोलहरुमा सडकबत्ती जडान गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्षले राईले बताए ।

प्रतियोगिताका विजेताले ५१ हजार र उपविजेताले २५ हजार ५०० रुपैयाँसहित प्रमाणपत्र र ट्रफी मेडल प्राप्त गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको सचिव खरेलले बताए ।

सम्बन्धित खबर