विराटनगर। झापा र सुनसरीबाट लागुऔषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
असोज ५ गते झापाको मेचिनगर नगरपालिका-६ स्थितमा लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा इलाम सुर्योदय नगरपालिका-६ का २८ बर्षीय अनिल प्रधानलाई २ ग्राम ब्राउन सुगर सहित र भद्रपुर नगरापालिका-९ का ३१ वर्षिय सरेन किश्कु, मेचिनगर-१४ का २९ वर्षिय रबिन ढोली, कमल गाउँपालिका-२ का २४ वर्षिय साहिल दर्नाल, भद्रपुर-९ का २९ वर्षिय सामेल मगरलाई ४१० मिलिग्राम ब्राउन सुगर सहित प्रहरी चौकी घोडामाराले पक्राउ गरेको छ ।
त्यसैगरी बिशेष सुचनाको आधारमा सुनसरीको इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका-१ स्थितबाट को. ६ प ३०६७ नम्बरको मोटरसाईकलमा सवार रहेका ईटहरी उप-महानगरपालिका-१७ का २४ बर्षीय समिम मिया र रामधुनी नगरपालिका-३ का २८ वर्षिय अमित चौधरीलाई ५ ग्राम २५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले ईनरुवा नगरपालिका-५ का ३० वर्षिय रबिन पोखरेल र सिन्धुपालचोक मेलम्ची नगरपालिका-१० का २९ वर्षिय बिकास अधिकारीलाई २१ ग्राम ८७० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।
लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।