२०८१ पौष ८, सोमवार , ०९:४९:४६ बजे

Sajhamanch
'

यौन धन्दाको आशंकामा ३ महिलासहित ५ जना होटेलबाट पक्राउ

आइतवार, असोज ६, २०८१

झापा । सप्तरी राजविराजको मुख्य हाटबजार वडा नं ७ स्थित मुनलाइट होटेल एन्ड लजबाट शनिबार तीन महिलासहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

होटेलमा यौन धन्दा हुने गरेको स्थानीयको सूचनाको आधारमा खटिएको टोलीले तीन जना महिला र दुई जना पुरुषलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । होटेलका सञ्चालक अर्जनु चौधरी र मिथिलेश चौधरी भने प्रहरी आएको चाल पाएपछि फरार भएको स्थानीयले बताएका छन् ।

पक्राउ परेकाहरूको नाम अहिले गोप्य राखिएको छ । उक्त होटेलमा लामो समयदेखि यौन धन्दा सञ्चालन भइरहेको स्थानीयको गुनासो पश्चात् प्रहरी पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।

उनले प्रहरी पुग्दा पक्राउ परेकाहरू आपत्तिजनक अवस्थामा भने नरहेको तथा नियन्त्रणमा राखी यौन धन्दामा संलग्नता रहे–नरहेको बारेमा अनुसन्धान भइरहेको बताए ।

स्थानीयले भने पक्राउ परेकाहरू यौन गतिविधिमा संलग्न रहने गरेको दाबी गर्दै सञ्चालकलाई पटक पटक सचेत गराउँदा पनि बेवास्ता गरी यौन धन्दा सञ्चालन गरिरहेको बताएका छन् ।

आइतवार, असोज ६, २०८१ | अपराध, समाज

सम्बन्धित खबर