२०८१ असोज ४, शुक्रवार , १२:१२:३१ बजे

Sajhamanch
'

सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँले बढ्यो

शुक्रवार, असोज ४, २०८१

काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा १५०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ५५ हजार ६०० रुपैयाँ रहेको सुन यस दिन १ लाख ५७ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि भदौ अन्तिम दिन १ लाख ५७ हजार ३०० रुपैयाँको उच्च मूल्य रेकर्ड बनेको थियो ।

चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ८८० रुपैयाँ रहेको चाँदी यस दिन ३५ रुपैयाँ बढेर १९१५ रुपैयाँ पुगेको छ ।

शुक्रवार, असोज ४, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर