२०८१ असोज ३, बिहिवार , ११:१०:४२ बजे

Sajhamanch
'

शिलबन्दी कोटेसन आह्वान सम्बन्धमा

बिहिवार, असोज ३, २०८१

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
कर्पोरेट कार्यालय मेचीनगर ६, काँकरभिट्टा (झापा) कोशी प्रदेश

 

प्रथमपटक प्रकाशित मितिः २०८१।६।२

यस नेपाल बहुउद्देश्यीय सहकारी संस्था अन्तर्गतको एनएमसी एग्रो फार्मका लागि निम्न अनुसारको विवरणमा उल्लेखित पशुपालनसँग सम्बन्धित यान्त्रिकरण खरिद गर्नुपर्ने भएकोे हुँदा तपसिलका शर्तहरु अन्तर्गत रही इच्छुक कम्पनी वा फर्मबाट सिलबन्दी कोटेसन आह्वान गरिन्छ ।

तपसिलः

१. खरिद गरिने सामाग्रीको विवरण निम्न अनुसार रहेको छ ।

२. सामग्रीको कोटेसन पेस गर्दा कम्पनीको नाम, ब्राण्ड स्पष्ट रुपमा खुलाउनु पर्नेछ ।
३. कोटेसन पेस गर्दा सामग्रीहरुको मूल्य VAT सहित खुलाउनु पर्नेछ ।
४. फार्मको कार्यस्थल (मेचीनगर नगरपालिक– १४, दुवागढी) सम्म ढुवानी (अवधि समेत) र जडान निःशुल्क गर्नु पर्नेछ ।
५. यान्त्रिकरणहरुको जडान पछिको तालिम, सर्भिसिङ गर्दाको शर्त र अवधिसमेत उल्लेख गर्नु पर्नेछ ।
६. कोटेसन पेस गर्ने अन्तिम मिति २०८१ असोज ३० गते बुधबारसम्म तोकिएको छ ।
७. कोटेसन सम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार संस्थामा निहित रहनेछ ।
८. कोटेसन यस फार्मको कार्यालयमा वा [email protected]  मा पनि पठाउन सकिनेछ ।

थप जानकारीका लागि मोवाइल नं. ९८५२६८९४१५/९८५२६८९४०० मा सम्पर्क गर्नुहुन ।

– एनएमसी एग्रो फार्म

सम्बन्धित खबर