२०८१ असोज ३, बिहिवार , ०१:५६:४० बजे

Sajhamanch
'

सुनको भाउ तोलामा ३०० रुपैयाँले घट्यो

बुधवार, असोज २, २०८१

काठमाडौं । सुनको भाउ आज ३०० रुपैयाँले घटेको छ । सुनको भाउ आज ३०० रुपैयाँले घटेर तोलाको १ लाख ५६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ १ लाख ५६ हजार ७०० रुपैयाँ रहेको थियो । अस्ति भने सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख ५७ हजार ३०० रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी १५ रुपैयाँले घटेर तोलाको १ हजार ८९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

बुधवार, असोज २, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर