२०८१ असोज ३, बिहिवार , ११:३६:५० बजे

Sajhamanch
'

झापामा स्कुटरको भाइजरमा ब्राउन सुगर भित्र्याउने दुई जना सशस्त्र प्रहरीको फन्दामा

बुधवार, असोज २, २०८१

झापा । झापामा सशस्त्र प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टाघनडुब्बाबाट खटिएको टोलीले ब्राउन सुगरसहित कमल गाउँपालिका–७ बस्ने २५ वर्षीय सन्देश लिम्बू र सोही ठाउँका ३६ वर्षीय पूर्णबहादुर लिम्बूलाई पक्राउ गरेको हो । उनीहरूलाई झापा गाउँपालिका १ लसुना सीमाबाट पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

मंगलवार बेलुकी ७ः५० बजे भारतबाट नेपालतर्फ आउँदै गरेको मे ५ प ७८४० नम्बरको स्कुटरलाई शंका लागेर खानतलासी गर्ने क्रममा स्कुटरको भाइजरमा लुकाएर ल्याएको अवस्थामा ९.७९० ग्राम ब्राउनसुगर फेला परेको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाका डीएसपी सुमन पोख्रेलले जानकारी दिए । उनीहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइसकेको उनले बताए ।

सम्बन्धित खबर