२०८१ असोज ३, बिहिवार , ०७:४९:३३ बजे

Sajhamanch
'

पूर्वेली ढुवानीको विश्वकर्मा पूजा विशेष देखियो

मङ्गलवार, असोज १, २०८१

बिर्तामोड । आज असोज महिनाको १ गते, विश्वकर्मा बाबाको श्रद्धापूर्वक पूजा गर्नेविशेष दिन । फलामबाट निर्मित मेसिन औजारहरु प्रयोग गरिने उद्योग, कल कारखाना, सवारी साधनहरु, इञ्जिनहरुको विशेष पूजा गरेर विश्वकर्मा बाबाको पूजा गरिएको हो ।

सोही सिलशिलामा बिर्तामोडको पूर्वेली ढुवानी सेवाले आफ्ना फुलबडी ट्रकहरु एकै ठाउँमा भेला पारेर विशेष ढंगले विश्वकर्मा पूजा गरेको छ । बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको ढुवानी सेवाले आज बुट्टाबारी ३० वटाभन्दा बढी सवारी साधनको पूजा गरेको हो ।

पूर्वेली ढुवानी सेवाका सञ्चालक निर्मल खत्री (न्यौपाने)ले प्रत्येक ट्रकलाई रिवन, फुलपाती, अक्षताले पूजा आराधना गरेर चालक र सह–चालकलाई टिका लगाएर विश्वकर्माको पूजा गरेका हुन् ।

सुनसरीको इटहरीमा पनि कार्यालय रहेको पूर्वेली ढुवानी सेवाले देशैभर ४० वटा आफ्नै ट्रकबाट सेवा प्रदान गर्दै आएको खत्रीले जनाए । ट्रकहरुलाई लहरै राखेर पूजा गरिएको दृश्यले मन नै फुरुङ्ग भएको प्रत्यक्षदर्शीहरु बताउँछन् ।

सम्बन्धित खबर