बाह्रदशी । कर्णाली बचत तथा ऋण सहकारी संस्था, लेखा सुपरीवेक्षण समितिका निवर्तमान संयोजक रामकुमार गौतमसमेत ८ जना सेयर सदस्यका अभिभावक खेमलाल गौतमको निधनमा साकोस परिवारले शोक व्यक्त गरेको छ ।
स्व. खेमलालको ९औं पुण्य तिथीका दिन भदौ ३० गते आइतबार साकोसका अध्यक्ष टसबहादुर श्रेष्ठको नेतृत्वमा ५६ हजार सेयर सदस्यको प्रतिनिधित्व गर्दै सञ्चालक र कर्मचारीहरु निजघरमा नै उपस्थित भई श्रद्धाञ्जली अर्पण गरिएको हो ।
संस्थाका सचिव भूपाल बस्नेतले सहजीकरण गरेको सो श्रद्धाञ्जली सभामा साकोसका अध्यक्ष टसबहादुर श्रेष्ठले शोकाकूल परिवाजनमा समवेदनासहित मानोचामल स्वरुप संस्थाको तर्फबाट ५५ हजार रुपैयाँ हस्तान्तरण गरेका थिए ।
कर्णाली साकोसमा गौतम परिवारबाट मात्र ८ जनाले सेयर सदस्य बनेर कारोबार गरिरहेको बताइएको छ । खेमलालका छोराहरु रामकुमार र कृष्णमोहन, बुहारीहरु योगमाया, हिमादेवी र निर्मला, छोरी चन्द्रकला र ज्वाईं मोतीलाल बराल कर्णाली साकोसमा सदस्य बनेर कारोबार गरिरहेका हुन् ।