२०८१ पौष २२, सोमवार , ०३:१३:२५ बजे

Sajhamanch
'

झापाका आठ सहकारीले तिरेनन् स्वरोजगार कार्यक्रमको सवा चार करोड कर्जा

मङ्गलवार, असोज १, २०८१

झापा । झापाका आठवटा सहकारी संस्थाहरुले युवा स्वरोजगार कार्यक्रमअन्तर्गतको सवा चार करोड रुपैयाँ कर्जा बुझाएका छैनन् ।

लक्ष्मीनारायण बचत तथा ऋण सहकारीले कोषमा ६३ लाख ३६२ रुपैयाँ, पहिलो पाइला बहुउद्देश्यीय सहकारी संस्थाले ६० लाख ४१ हजार २४३ रुपैयाँ, समाजसेवी बहुउद्देश्यीय सहकारी संस्थाले ५४ लाख ५७ हजार ३७७ रुपैयाँ तिर्नुपर्ने रहेको छ ।

त्यस्तै, बज्रयोगिनी बचत तथा ऋण सहकारी संस्थाले ५४ लाख ३५ हजार ३९९ रुपैयाँ, पूर्वार्ध कृषि सहकारी संस्थाले ५२ लाख ६२ हजार ७६८ रुपैयाँ तिर्नुपर्ने रहेको छ ।

संयुक्त कलाकर्मी बचत तथा ऋण सहकारी संस्थाले ४९ लाख ८५ हजार १७१ रुपैयाँ, त्रिनेत्र बहुउद्देश्यीय सहकारी संस्थाले ४७ लाख ८६ हजार २१४ रुपैयाँ र लक्ष्मीपुर कृषि सहकारी संस्थाले ४५ लाख ३५ हजार ९८ रुपैयाँ तिर्नुपर्ने देखिन्छ ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको व्यवस्थापन सञ्चालन तथा कर्जा परिचालनको प्रभावकारिता अध्ययन गर्न गठित समितिले तयार पारेको प्रतिवेदनअनुसार ती सहकारीले रकम नतिरेको भेटिएको हो ।

कोषको रकम नतिर्ने सहकारीहरुलाई कारबाही गरिने कोषका झापा जिल्लाका प्रतिनिधि सन्तोष सापकोटाले जानकारी दिए । सहकारी संस्थालाई उपलब्ध गराइएको कर्जा व्यवसाय विस्तारमा लगाइएको अध्ययनका क्रममा पाइएको छ ।