२०८१ असोज २, बुधवार , ०२:४५:४१ बजे

Sajhamanch
'

सुनको भाउमा दिनदिनै नयाँ कीर्तिमान : तोलाको १ लाख ५७ हजार ३०० पुग्यो

सोमवार, भदौ ३१, २०८१

काठमाडौं । सुनको भाउमा दिनदिनै नयाँ कीर्तिमान बन्न थालेको छ । आज सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख ५७ हजार ३०० रुपैयाँ पुगेर नयाँ कीर्तिमान बनाएको छ ।

हिजो पनि सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख ५६ हजार ८०० रुपैयाँ रहेको थियो । सुनको भाउ हिजोको तुलनामा आज ५०० रुपैयाँले बढेर हिजोको रेकर्ड तोडिएपछि आज नयाँ कीर्तिमान कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर तोलाको १ हजार ९१५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

सोमवार, भदौ ३१, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर