२०८१ असोज २, बुधवार , ०१:४९:२४ बजे

Sajhamanch
'

काँकडभिट्टामा ब्राउन सुगरसहित एक युवक पक्राउ

सोमवार, भदौ ३१, २०८१

झापा । झापाको काँकडभिट्टामा लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् ।

मेचीनगर नगरपालिका-६ स्थित भन्सार अगाडि इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ताप्लेजुङ जिल्ला श्रीजंघा गाउँपालिका-२ का २७ वर्षीय विशाल लिम्बुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट १ ग्राम ५३० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित खबर